२०८१ फागुन १५, बिहिवार , ०२:२१:५० बजे

Sajhamanch
'

समूह चरणबाटै बाहिरिइसकेका पाकिस्तान र बङ्गलादेश सान्त्वना जीतको खोजीमा

बिहिवार, फागुन १५, २०८१

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा आज समूह चरणबाटै बाहिरिइसकेका पाकिस्तान र बङ्गलादेश खेल्दैछन् । समूह ‘ए’ को यो खेल रावलपिन्डीमा पौने ३ बजे शुरू हुनेछ ।

यो खेलमा पाकिस्तान र बङ्गलादेश सान्त्वना जीतको खोजीमा हुनेछन् । दुवै टोलीले यसअघिका दुई खेल हारेका छन् । सन् २०१७ मा उपाधि विजेता पाकिस्तान यसपालि समूह चरणबाटै बाहिरिएको हो । यो समूहबाट न्युजिल्यान्ड र भारत सेमिफाइनलमा पुगिसकेका छन् ।

आईसीसी च्याम्पियन्स ट्रफीमा पाकिस्तान र बङ्गलादेशबीच पहिलो पटक भेट हुन लागेको हो । यस्तै पाकिस्तान र बङ्गलादेशबीच एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्म ३९ पटक भेट भएकोमा पाकिस्तानले ३४ र बङ्गलादेशले ५ खेल जितेको छ ।

च्याम्पियन्स ट्रफीको समूह ‘बी’ मा इङ्गल्यान्ड समूह चरणबाटै बाहिरिँदा दक्षिण अफ्रिका, अस्ट्रेलिया र अफगानिस्तान अन्तिम चारमा पुग्ने सम्भावना कायमै छ ।