
काठमाडौं । सुनको भाउमा आज दुई सय रुपैयाँले घटेको छ । सुनको भाउ २०० रुपैयाँले घटेर तोलाको एक लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको एक लाख ७० हजार ५०० रुपैयाँ थियो । अस्ति मङ्गलवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ७१ हजार ३०० रुपैयाँ पुगेको थियो ।
यस्तै आज चाँदीको भाउ भने सामान्य बढेको छ । चाँदीको भाउ पाँच रुपैयाँले बढेर एक हजार ९४५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।