२०८१ फागुन १४, बुधवार , ०३:५४:१६ बजे

Sajhamanch
'

मेचीनगरले ६ महिनामा लक्ष्यको ४६.६८ प्रतिशत अर्थात् ७ करोड ८३ लाख राजश्व संकलन गर्यो

बुधवार, फागुन १४, २०८१

मेचीनगर । मेचीनगर नगरपालिकाले चालू आर्थिक वर्षको ६ महिनामा करिव आठ करोड रुपैयाँ राजश्व संकलन गरेको छ ।

नगरपालिका राजश्व शाखाका प्रमुख प्रेमप्रसाद पराजुलीले चालू आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि पुस मसान्तसम्म आन्तरिकको विभिन्न शिर्षकको करबाट ७ करोड ८२ लाख ८३ हजार ९९४ रुपैयाँ १६ पैसा राजश्व संकलन गरेको जानकारी दिएका हुन् ।

पराजुलीका अनुसार नगरपालिका कार्यालय र १५ वटै वडाबाट उक्त राजश्व संकलन भएको छ । जसमा नगरपालिका कार्यालयबाट मात्र २ करोड २८ लाख ९३ हजार ८१८ रुपैयाँ ३५ पैसाको योगदान छ ।

यस्तै, वडा नं. १ को कार्यालयबाट १७ लाख २४ हजार ५५ रुपैयाँ ७५ पैसा, वडा नं. २ को कार्यालयबाट १८ लाख ७ हजार ७४७ रुपैयाँ ७० पैसा, वडा नं. ३ को कार्यालयबाट १४ लाख १८ हजार ७४३ रुपैयाँ ६७ पैसा र वडा नं. ४ को कार्यालयबाट १३ लाख ७६ हजार ४२७ रुपैयाँ ४० पैसा राजश्व संकलन गरिएको तथ्याङ्क छ ।

यसैगरी, वडा नं. ५ को कार्यालयबाट १८ लाख ३५ हजार ७७३ रुपैयाँ ९५ पैसा, वडा नं. ६ को कार्यालयबाट १ करोड १० लाख ४० हजार ३६९ रुपैयाँ १४ पैसा, वडा नं. ७ को कार्यालयबाट ४२ लाख १ हजार ९९९ रुपैयाँ ३० पैसा र वडा नं. ८ को कार्यालयबाट ५६ लाख ३५ हजार ७८८ रुपैयाँ ५८ पैसा राजश्व संकलन भएको पराजुलीले जनाए ।

उनका अनुसार वडा नं. ९ को कार्यालयबाट ३२ लाख १७ हजार ३५३ रुपैयाँ ७८ पैसा, वडा नं. १० को कार्यालयबाट ९० लाख ९७ हजार ९०९ रुपैयाँ २ पैसा, वडा नं. ११ को कार्यालयबाट २३ लाख २७ हजार ७३९ रुपैयाँ १३ पैसा, वडा नं. १२ को कार्यालयबाट २३ लाख ६१ हजार ६२३ रुपैयाँ, वडा नं. १३ को कार्यालयबाट ३० लाख ७७ हजार २८५ रुपैयाँ २३ पैसा, वडा नं. १४ को कार्यालयबाट २१ लाख ९६ हजार ४२७ रुपैयाँ र वडा नं. १५ को कार्यालयबाट २१ लाख ९६ हजार ४२७ रुपैयाँ राजश्व संकलन भएको छ ।

राजश्व शाखा कार्यालयका अनुसार नगरपालिका कार्यालय र वडा कार्यालयबाट विभिन्न शिर्षकमा कर उठाइएको छ । जसअनुसार एकीकृत सम्पति करबाट मात्र २ करोड २७ लाख १३ हजार ११९ रुपैयाँ संकलन गरिएको छ ।

नगरपालिकामा बहाल करबाट ५७ लाख ३१ हजार ४१३ रुपैयाँ, मनोरञ्जन करबाट ३० लाख २१ हजार ५ सय रुपैयाँ र अन्य विज्ञापन करबाट २६ हजार ९४० रुपैयाँ, सरकारी सम्पतिको बहालबाट १ लाख २७ हजार ५०० रुपैयाँ, अन्य बिक्रीबाट ५१ लाख ३८ हजार १८१ रुपैयाँ २१ पैसा संकलन भएको जनाइएको छ ।

राजश्व शाखाका प्रमुख प्रेमप्रसाद पराजुलीले फोहोर मैला संकलन शुल्कबाट १२ लाख १० हजार १४ रुपैयाँ, न्यायिक दस्तुरबाट ५७ हजार ९१८ रुपैयाँ, शिक्षा क्षेत्रको करबाट १ लाख, अन्य प्रशासनिक (पूर्वाधार उपयोग शुल्क)बाट ४९ लाख ५० हजार रुपैयाँ संकलन भएको जनाएका छन् ।

त्यस्तै पार्किङ शुल्कबाट ८५ लाख ५१ हजार ४०० रुपैयाँ, नक्सापास दस्तुरबाट ३३ लाख ७६ हजार ७९१ रुपैयाँ, सिफारिस दस्तुरबाट ९९ लाख ३८ हजार ५४३ रुपैयाँ, व्यक्तिगत घटना दर्ताबाट ७ लाख ६९ हजार ८५० रुपैयाँ, नाता प्रमाणितबाट ३ लाख २९ हजार ११० रुपैयाँ, अन्य दस्तुरबाट ८५ हजार ९११ रुपैयाँ, व्यवसाय रजिस्टेशन दस्तुरबाट ३७ हजार २७५ रुपैयाँ, न्यायिक दण्ड जरिवाना तथा जफतबाट ५२ हजार ५४५ रुपैयाँ, प्रशासनिक दण्ड जरिवाना तथा जफतबाट १८ लाख ८ हजार ६९४ रुपैयाँ र व्यवसाय करबाट ९४ लाख ९१ हजार ६८६ रुपैयाँ ५ पैसा राजश्व संकलन भएको छ ।

राजश्व शाखा प्रमुख पराजुलीले ६ महिनामा ४६ दशमलव ६८ प्रतिशत राजश्व संकलन भएको बताए । चालु आर्थिक वर्षको उक्त शिर्षकका करहरुबाट १६ करोड ७७ लाख रुपैयाँ उठाउने अनुमानित लक्ष्य राखिएको उनले बताए ।

गत आर्थिक वर्ष २०८०/०८१ मा १३ करोड ३८ लाख ६५ हजार ६९० रुपैयाँ ५ पैसा राजश्व संकलन गरेको थियो । त्यस्तै आर्थिक वर्ष २०७९/०८० मा ११ करोड ६१ लाख २१ हजार ६९७ रुपैयाँ एक पैसा राजश्व संकलन गरेको थियो ।

सम्बन्धित खबर