२०८१ फागुन १४, बुधवार , ०१:३३:१७ बजे

Sajhamanch
'

हिजो कीर्तिमान बनाएको सुनको भाउ ८०० रुपैयाँले घट्यो

बुधवार, फागुन १४, २०८१

काठमाडौं । हिजो कीर्तिमान बनाएको सुनको भाउ आज ८०० रुपैयाँले घटेको छ ।

सुनको भाउ आठ सय रुपैयाँले घटेर तोलाको एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ ३० रुपैयाँले घटेर तोलाको एक हजार ९४० रुपैयाँ कायम भएको छ ।

बुधवार, फागुन १४, २०८१ | अर्थतन्त्र, समाज