
काठमाडौं । च्याम्पियन्स ट्रफि क्रिकेटमा आज अफगानिस्तान र इङ्ल्यान्ड खेल्दैछन् । खेल पाकिस्तानको लाहोरमा दिउँसो पौने तीन बजे शुरू हुनेछ ।
पहिलो खेलमा समूह ‘बी’ को अफगानिस्तान दक्षिण अफ्रिकासँग र इङ्ल्यान्ड अस्ट्रेलियासँग पराजित भएको थियो ।
समूह ‘बी’ अन्तर्गत यसअघि हिजो अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल वर्षाका कारण रद्द भयो । खेल हुन नसकेपछि दुवै टोलीले समान एक अङ्क बाँडेका छन् । अस्ट्रेलिया र दक्षिण अफ्रिकाको समान तीन अङ्क छ ।
समूह ‘ए’ बाट न्युजिल्याण्ड र भारत सेमिफाइनलमा पुगिसकेका छन् । यो समूहबाट पाकिस्तान र बङ्गलादेश समूह चरणबाटै बाहिरिइसकेका छन् । फाइनल खेल फागुन २५ गते हुनेछ ।