२०८१ चैत १९, मङ्गलवार , ०५:२२:५१ बजे

Sajhamanch
'

भन्सार छलीका रक्सी र चुरोटसहित पिकअप नियन्त्रणमा

मङ्गलवार, फागुन १३, २०८१

झापा । भारतबाट भन्सार छलेर सामान भित्र्याउँदै गर्दा सामानसहित चालक र पिकअप इलाम प्रहरीले नियन्त्रणमा लिएको छ ।

गएराति ११ बजे इलाम माइजोगमाई– १ नयाँबजारस्थित भित्री सडक खण्डमा प्रहरी टोलीले मे. १ ज १६९४ नम्बरको पिकअप चेकजाँच गर्ने क्रममा भन्सार छली ल्याएको रक्सी र चुरोटसहित पिकअप र पिकअप चालक सन्दकपुर –५ बस्ने वर्ष १९ की महिला चालक निमा शेर्पालाई नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय पशुपतिनगर ल्याई उक्त सामानहरू भन्सार कार्यालय बुझाउन मुचुल्का उठाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

सम्बन्धित खबर