२०८१ फागुन १३, मङ्गलवार , १२:०२:३३ बजे

Sajhamanch
'

चारवटै ‘ए’ डिभिजन क्लब भद्रपुर झापा गोल्डकपको पहिलो खेलबाटै बाहिरियो

मङ्गलवार, फागुन १३, २०८१

झापा । भद्रपुर झापा गोल्डकपमा नेपालको शीर्ष डिभिजन ‘ए’ डिभिजन क्लब सहभागी थिए । गोल्डकपमा लिग विजेता चर्च ब्वाइज युनाइटेड, उपविजेता च्छिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब र एनआरटी सहभागी थिए ।

तर, यी चारवटै क्लब भद्रपुर झापा गोल्डकपको पहिलो खेलबाटै बाहिरिएका छन् । ‘ए’ डिभिजन क्लबले अपेक्षित प्रदर्शन गर्न सकेनन् । उनीहरूको प्रदर्शन कमजोर हुँदा पहिलो खेलबाटै बाहिरिएका हुन् ।

गोल्डकपमा बी डिभिजन लिगको तयारी गरिरहेको झापाले लिग विजेता चर्च ब्वाइज र उपविजेता मच्छिन्द्रलाई घर पठायो । यस्तै, आयोजक भद्रपुर ब्लेजर्स ‘ए’ डिभिजन क्लब नेपाल पुलिस क्लबलाई हराएको थियो ।

यस्तै, आइतबारको खेलमा विदेशी टोली काउर्न बाजार प्रगति संघ बंगलादेशले नेपाली फुटबलको ९ दशक लामो इतिहास बोकेको न्युरोड टिम (एनआटी)लाई हराएको हो ।

आजको अन्तिम क्वार्टरफाइन खेल विभागीय टोली एपिएफ फुटबल क्लब र ट्रान्सपोर्ट युनाइटेड एफसी भुटानबीच हुने आयोजक भद्रपुर झापा गोल्डकपले जनाएको छ ।

नेपाली फुटबलमा कुनैबेला राज गरेको क्लव एपिएफ अहिले संकटमा छ । लामो समय ‘ए’ डिभिजन लिगमा एकछत्र रजगज गरेको एपिएफ अहिले बी डिभिजनमा घटुवा भएको छ । एपिएफलाई पुरानै लयमा फर्कन यस्ता मोफसलका प्रतियोगिताहरु आवश्यक देखिन्छ ।

सम्बन्धित खबर