२०८१ फागुन १३, मङ्गलवार , १०:१९:४४ बजे

Sajhamanch
'

केपी ओली कप फुटबलमा आज पनि दुई खेल हुँदै

मङ्गलवार, फागुन १३, २०८१

काठमाडौं । केपी ओली कप च्याम्पियनसिप फुटबलमा मंगलबार पनि दुई खेल हुँदैछन् । पहिलो खेलमा एपीएफ एफसी र संकटा एफसी तथा दोस्रो खेलमा मच्छिन्द्र एफसी र ट्रान्सपोर्ट युनाइटेड एफसी भुटानबीच प्रतिस्पर्धा हुनेछ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा बिहान साढे ११ बजे एपीएफ एफसी र संकटा एफसी भिड्ने छन् ।

मच्छिन्द्र एफसी र ट्रान्सपोर्ट युनाइटेड एफसी भुटानबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । यो खेल पनि एन्फा कम्प्लेक्समै हुनेछ ।

फागुन १८ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भएको प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन् ।

हिजो भएको दुइ खेलमा केपी एफसी र त्रिभुवन आर्मी क्लब केपी ओली कप च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

सम्बन्धित खबर