
काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा बङ्गलादेशसँगको खेलमा न्युजिल्यान्डले टस जितेको छ । न्युजिल्यान्डका कप्तान मिचेल सान्टनरले पहिले बलिङ रोजेका छन् ।
बङ्गलादेश पहिलो खेलमा भारतसँग ६ विकेटले पराजित भएको थियो । यस्तै न्युजिल्यान्डले पहिलो खेलमा पाकिस्तानलाई ६० रनले हराएको थियो ।
यो खेलमा न्युजिल्यान्डको टोलीमा कप्तान सान्टनरसँगै विल योङ्ग, डेभोन कन्वे, केन विलियमसन, रचिन रविन्द्र, टम लाथम, ग्लेन फिलिप्स, माइकल ब्रेसवेल, म्याट हेनरी, काइल जेमिसन र विलियम ओरोर्के छन् ।
यस्तै बङ्गलादेशको टोलीमा कप्तान नजमुल होसेन शान्तोसँगै तन्जिम हसन, मेहदी हसन मिराज, त्वहिद हृदोय, मुश्फिकर रहिम, महमुदुल्लाह, जकेल अली, रिशद होसेन, तस्किन अहमद, नहिद राना र मुस्ताफिजुर रहमान छन् ।
च्याम्पियन्स ट्रफीमा पाकिस्तान, भारत, बङ्गलादेश र न्युजिल्यान्ड समूह ‘ए’ मा छन् । अस्ट्रेलिया, अफगानिस्तान, इङ्ग्ल्यान्ड र दक्षिण अफ्रिका समूह ‘बी’ मा छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल मार्च ९ तारिख अर्थात् फागुन २५ गते हुनेछ ।