२०८१ फागुन १२, सोमवार , ११:११:१६ बजे

Sajhamanch
'

केपी ओली कप फुटबलमा आज दुई खेल हुँदै

सोमवार, फागुन १२, २०८१

काठमाडौं । केपी ओली कप च्याम्पियनसिप फुटबलमा आज दुई खेल हुँदैछन् । आज त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब तथा केपी ओली एफसी र न्यूरोड टिम (एनआरटी) बीच प्रतिस्पर्धा हुनेछ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा आर्मी र पुलिस भिड्ने छन् । खेल बिहान साढे ११ बजे सुरु हुनेछ ।

केपी ओली एफसी र एनआरटीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । यो खेल पनि एन्फा कम्प्लेक्समै हुनेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा हिजो एपीएफले उज्वेकिस्तानको ब्ल्याक बुल्सलाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा सुरु भएको प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन् ।

फागुन १८ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।

सम्बन्धित खबर