
काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीमा भारतसँगको खेलमा पाकिस्तानले टस जितेको छ । दुबईमा टस जितेर पाकिस्तानका कप्तान मोहम्मद रिजवानले पहिलो ब्याटिङ रोजेका छन् ।
पाकिस्तानलाई यो खेल जित्नैपर्ने दबाव छ । पाकिस्तान पहिलो खेलमा न्युजिल्यान्डसँग पराजित भएको थियो भने भारतले बङ्गलादेशलाई हराएको थियो ।
आईसीसी च्याम्पियन्स ट्रफीमा भारत र पाकिस्तानबीच अहिलेसम्म ५ पटक भेट भएकोमा पाकिस्तान ३ खेल र भारत २ खेलमा विजयी भएको छ ।
यस्तै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारत र पाकिस्तानबीच अहिलेसम्म १३५ पटक भेट भएकोमा पाकिस्तान ७३ खेल र भारत ५७ खेलमा विजयी भएको छ ।
दुई वर्षअघि भारतमा आयोजना भएको एकदिवसीय विश्वकप क्रिकेटको शीर्ष ८ टोली च्याम्पियन्स ट्रफीमा सहभागी छन् । पाकिस्तान, भारत, बङ्गलादेश र न्युजिल्यान्ड समूह ‘ए’ मा तथा अस्ट्रेलिया, अफगानिस्तान, इङ्गल्यान्ड र दक्षिण अफ्रिका समूह ‘बी’ मा छन् ।
समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल मार्च ९ तारिख अर्थात् फागुन २५ गते हुनेछ ।