२०८१ फागुन ११, आइतवार , १२:०९:११ बजे

Sajhamanch
'

फुटबल प्रशिक्षक तथा पूर्व अन्तर्राष्ट्रिय खेलाडी हरिओम श्रेष्ठको निधन

आइतवार, फागुन ११, २०८१

काठमाडौं । फुटबल प्रशिक्षक तथा नेपालका पूर्व खेलाडी हरिओम श्रेष्ठको निधन भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहका अनुसार श्रेष्ठको आइतबार अस्पताल लैजाने क्रममा निधन भएको हो। ५४ वर्षीय श्रेष्ठलाई यसअघि पनि मुटुको समस्या देखिएको थियो।

पछिल्लो समय न्युरोड टिम (एनआरटी) को प्रशिक्षक रहेका श्रेष्ठको नेतृत्वमा टोलीले बुढा सुब्बा गोल्डकप खेलेको थियो। प्रतियोगिताकै क्रममा उनको स्वास्थ्यमा समस्या देखिएको थियो। श्रेष्ठको निधनपछि एनआरटीले दु:ख व्यक्त गर्दै श्रद्धान्जली दिएको छ।

सम्बन्धित खबर