२०८१ चैत १८, सोमवार , ०९:२१:०४ बजे

Sajhamanch
'

८२ राउन्ड गोलीसहित भारतीय नागरिक नियन्त्रणमा

शुक्रवार, फागुन ९, २०८१

काठमाडौं । वीरगन्ज महानगरपालिका-१६ भन्सार मेनगेटबाट सशस्त्र प्रहरी बलले एउटा एयर गन र त्यसमा लाग्ने ८२ राउन्ड गोलीसहित भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जले सुरक्षा जाँचका क्रममा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको एयर गन र गोलीसहित अन्दाजी ३४ वर्षका भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो।

उनलाई हतियारसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

सम्बन्धित खबर