२०८१ फागुन ३, शनिवार , ११:०२:०४ बजे

Sajhamanch
'

नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सात टोली सहभागी हुने

शुक्रवार, फागुन २, २०८१

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सहभागी टोलीको सङ्ख्या घटेको छ । यसपटक सात टोलीले मात्र एनएसएल खेल्ने भएका छन् ।

दोस्रो संस्करण खेलेका स्पोटिङ इलाम दे मेची र वीरगञ्जयुनाइटेडले यसपटक नखेल्ने भएका हुन् । पहिलो संस्करणमा सात र दोस्रो संस्करणमा नौ टोलीले एनएसएल खेलेका थिए ।

पहिलो संस्करणमा विराटनगर सीटी एफसीले दोस्रो संस्करण खेलेन । दोस्रो संस्करण थपिएका तीनमध्ये झापा एफसीले मात्र यो पटकको एनएसएल खेल्ने भएको छ ।

पहिलो संस्करणको विजेता काठमाण्डौ रेजर्स, दोस्रो संस्करणको विजेता ललितपुर सीटी एफसीसहित दुई पटककै उपविजेता धनगढीसहित एफसी चितवन, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीले लगातार तेस्रो संस्करण खेल्नेछन् ।

तेस्रो संस्करणका लागि यही फागुन १० गते अक्सन हुने आयोजक नेपाल स्पोर्टस एण्ड म्यानेजमेन्ट (एनएसइएम) ले जनाएको छ । एउटा टोलीले कम्तीमा २२ र बढीमा २३ खेलाडी राख्न पाउनेछ ।

सम्बन्धित खबर