![](https://sajhamanch.com/wp-content/uploads/2025/02/rcb.jpg)
काठमाडौं । आउँदो मार्च २१ तारिखदेखि शुरू हुने इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औं संस्करणका लागि रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) ले रजत पाटीदारलाई कप्तान बनाएको छ ।
आज एक कार्यक्रमका बीच आरसीबीले पाटीदारलाई नयाँ कप्तान नियुक्त गरेको हो । आरसीबीले पूर्वकप्तान फाफ डुप्लेसीलाई रिटेन नगरेपछि र अक्शनबाट पनि नलिएपछि टोलीमा रहेका स्टार खेलाडी विराट कोहली कप्तान बन्ने चर्चा थियो तर टोली व्यवस्थापनले पाटीदारको नाम घोषणा गरेको हो ।
३१ वर्षीय रजत पाटीदारले सन् २०२१ मा आरसीबीबाटै आईपीएलमा डेब्यु गरेका थिए । उनले आईपीएलमा तीन सिजनमा २८ खेलमा १५८ भन्दा धेरैको स्ट्राइक रेटमा ७९९ रन बनाउँदै प्रमुख ब्याटरमध्ये एक बनेका छन् । आरसीबीले पाटीदारलाई ११ करोड भारतीय रुपैयाँमा रिटेन गरेको थियो ।
आरसीबीले तीन पटक फाइनल खेले पनि अहिलेसम्म आईपीएलको उपाधि जित्न सकेको छैन ।