![](https://sajhamanch.com/wp-content/uploads/2024/12/gold-1.jpg)
काठमाडौं । सुनको भाउ आज एकैदिन तोलामा २३०० रुपैयाँले बढेको छ । सुन आज तोलामा २३०० रुपैयाँले बढेर तोलाको एक लाख ६९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलामा २७०० रुपैयाँले घटेर तोलाको एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेर एक हजार ९६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार ९३० रुपैयाँमा कायम भएको थियो ।