२०८१ माघ ३०, बुधवार , ०४:०५:४२ बजे

Sajhamanch
'

भ्रष्टाचारको आरोपमा बङ्गलादेशकी क्रिकेटर शोहेली अख्तरलाई ५ वर्षको प्रतिबन्ध

बुधवार, माघ ३०, २०८१

झापा । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० ले भ्रष्टाचारको आरोपमा बङ्गलादेशकी क्रिकेटर शोहेली अख्तरलाई ५ वर्षको प्रतिबन्ध लगाएको छ ।

शोहेली अख्तर भ्रष्टाचारको आरोपमा प्रतिबन्धमा पर्ने पहिलो महिला क्रिकेटर बनेकी छिन् । ३६ वर्षीया अख्तरमाथि खेलमा मिलेमतोको प्रयास गरेको, आर्थिक अनियमिततामा संलग्न रहेको र स्वतन्त्र अनुसन्धानमा असहयोग गरेको आरोप लागेको थियो ।

भ्रष्टाचार विरोधी संहिताको पाँच प्रावधान उल्लङ्घन गरेको स्वीकार गरेपछि अख्तरलाई आईसीसीले सबैखाले क्रिकेटबाट पाँच वर्षको प्रतिबन्ध लगाएको हो ।

गएको वर्ष दक्षिण अफ्रिकामा भएको महिला टी–२० विश्वकप क्रिकेटका क्रममा अख्तरले खेलमा मिलेमतो गरेको आरोप लागेको थियो ।

उनले त्यो विश्वकप नखेले पनि खेल मिलेमतोमा संलग्न रहेको पाइएको थियो । अस्ट्रेलियासँगको खेलमा उनले खेलाडीलाई ‘हिट विकेट’ आउट हुनका लागि १६ हजार ४०० अमेरिकी डलरको प्रस्ताव गरेकी थिइन् ।

शोहेली अख्तरले बङ्गलादेशका लागि दुई अन्तर्राष्ट्रिय एकदिवसीय र १३ टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेकी छिन् ।

सम्बन्धित खबर