२०८१ माघ ३०, बुधवार , ११:५१:५६ बजे

Sajhamanch
'

सुनको भाउ तोलामा २७०० रुपैयाँले घट्यो

बुधवार, माघ ३०, २०८१

काठमाडौं । सुनको भाउ आज एकैदिन तोलामा २७०० रुपैयाँले घटेको छ । सुन आज तोलामा २७०० रुपैयाँले घटेर तोलाको एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो । केही दिनअघिदेखि लगातार बढीरहेको सुनको भाउ आज भने घटेको हो ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर एक हजार ९३० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार ९४५ रुपैयाँमा कायम भएको थियो ।

बुधवार, माघ ३०, २०८१ | अर्थतन्त्र, समाज