![](https://sajhamanch.com/wp-content/uploads/2025/02/dhangadhi-police-attack-1024x624-1.jpg)
धनगढी । मंगलबार राति धनगढीको ट्राफिक चौराहमा डिउटीमा रहेका प्रहरीमाथि चक्कु प्रहारको प्रयास भएको छ ।
राति करिब सवा ८ बजेतिर ट्राफिक चौराहमा ‘हरहर महादेव’ भन्दै हातमा चक्कु लिएर सडकमा हिंडिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो ।
सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि ती युवकले चक्कु प्रहारको प्रयास गरेको देखिन्छ ।
प्रहरी स्रोतका अनुसार डिउटीमा रहेका प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवकलाई मंगलबार राति नै पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१४ बस्ने ३६ वर्षीय टेकबहादुर टमटा रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । तर, प्रहरीले घटनाबारे औपचारिक रुपमा जानकारी दिएको छैन ।