![](https://sajhamanch.com/wp-content/uploads/2024/12/gold-1.jpg)
काठमाडौं । सुनको भाउ आज ६ सय रुपैयाँले बढेको छ । सुनको भाउ आज ६ सय रुपैयाँले बढेर तोलाको एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको एक लाख ६९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो समय सुनको भाउ लगातार बढिरहेको छ ।
त्यस्तै आज चाँदीको भाउ भने घटेको छ । आज चाँदीको भाउ ३० रुपैयाँले घटेर तोलाको एक हजार ९४५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।