२०८१ माघ २९, मङ्गलवार , ०९:५७:४३ बजे

Sajhamanch
'

विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

मङ्गलवार, माघ २९, २०८१

काठमाडौं । आज फेब्रुअरी ११ तारिख । संयुक्त राष्ट्रसङ्घले हरेक वर्ष आजको दिन ‘विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस’ मनाउने गरेको छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ ।

संसारभर नै हरेक क्षेत्रमा लैङ्गिक समानताको कुरा भईरहदा विज्ञान प्रविधि र सूचना तथा अनुसन्धानको क्षेत्रमा महिलाको पहुँच बढाउन दिवस मनाउने गरिन्छ । दिन प्रतिदिन विज्ञानको महत्त्व बढिरहेको बेला यस क्षेत्रमा महिलाको उपस्थिति विश्वव्यपी रुपमा कम छ ।

नेपालमा मात्र नभई विश्वका विकसित देशहरुमा समेत विज्ञान, प्रविधि र अनुसन्धानका क्षेत्रमा महिलाको उपस्थिति सन्तोषजनक छैन ।

युनेस्कोले गरेको अध्ययन अनुसार विश्वभरका वैज्ञानिक खोज, अनुसन्धान गर्ने व्यक्तिहरूको सूचीमा महिलाको सहभागिता सङ्ख्या ३३ प्रतिशत पुगेको छ । यो आँकडा नेपालसँग पनि मेल खाने विज्ञहरु बताउँछन् ।

विज्ञान र प्रविधिको क्षेत्रमा महिलाहरुको समान पहुँच र नेतृत्व हुनुपर्ने नेपाली अनुसन्धानकर्ताहरूले बताउँदै आएका छन् ।

उच्च शिक्षामा विज्ञान प्रविधिगत क्षेत्रमा महिला सहभागिताको विश्वव्यापी तथ्याङ्कमा महिलाको सङ्ख्या कम छ । लैङ्गिक समानता आजको आवश्यकता र चुनौती दुवै भए पनि संसारभर विज्ञान प्रविधि क्षेत्रमा महिलाहरूको समान पहुँच हुन नसक्नु दुखको कुरा भएको त्रिभुवन विश्वबिद्यालयअन्तर्गत कृषि तथा पशु विज्ञान अध्ययन सस्थांनकी उप–प्राध्यापक डा।रमा पौडेलको भनाइ छ ।

उज्यालोसँगको कुराकानीमा उहाँले नेपालमा पनि विज्ञान तथा प्रविधिको क्षेत्रमा महिलाको पहुँच वृद्धि गर्न सरकार गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो ।

सरकारले उच्च शिक्षा अध्ययन गर्ने छात्रादेखि विश्वविद्यालयका प्राध्यापकसम्मलाई सहज हुने नीतिगत व्यवस्था गर्न सके विज्ञान, प्रविधि र अनुसन्धानको क्षेत्रमा काम गर्ने महिलाको क्षमता निखारिने र उपस्थिती पनि बढाउन सकिने विज्ञहरु उहाँको भनाइ छ ।

सम्बन्धित खबर