झापा । आफ्नै घरभित्र आफ्नै श्रीमतीसंग अनैतिक क्रियाकलाप गरिरहेका व्यक्तिलाई झापा कनकाई १ का प्रकाश कार्कीले खुकुरी प्रहार गरी घाइते बनाएका छन् ।
हिजो साँझ ७ः३० बजे कन्काई १ बस्ने ४५ वर्षीय प्रकाश कार्कीको घरको कोठाभित्र उनकै श्रीमती अन्दाजी बर्ष ४४ की बिन्दा कार्की र सोही ठाउँ बस्ने अन्दाजी बर्ष ५५ का कुलबहादुर बस्नेतले अनैतिक सम्बन्ध राख्दै गरेको अवस्थामा फेला पारी कार्कीले बस्नेतलाई खुकुरी प्रहार गरेका हुन् ।
टाउकोमा खुकुरी प्रहारबाट बस्नेत घाइते भएका छन् । उनको अबस्था सामान्य रहेको बताइएको छ । अस्थायी प्रहरी पोष्ट दुर्गापुरबाट खटिएको टोलीले तीनै जना र बरामद गरेको खुकुरीसहित नियन्त्रणमा लिई अनुसन्धान तथा आवश्यक कार्वाहीको लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा बुझाएको प्रहरीले जनाएको छ ।