२०८१ माघ २५, शुक्रवार , ०४:०९:०३ बजे

Sajhamanch
'

१०औं राष्ट्रिय खेलकुद तोकिएकै समयमा सम्पन्न गर्न संसदीय समितिको निर्देशन

शुक्रवार, माघ २५, २०८१

काठमाडौं । संसदीय समितिले कर्णाली प्रदेशमा हुने १०औं राष्ट्रिय खेलकुद तोकिएकै समयमा सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ ।

आज बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकले १०औं राष्ट्रिय खेलकुद तोकिएको समयभित्रै सम्पन्न गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकले तोकिएको समयका प्रतियोगिता सम्पन्न गर्नका लागि द्रुत गतिमा काम गर्न पनि अनुरोध गरेको छ ।

गएको मङ्सिर २ देखि ९ गतेसम्म कर्णालीमा १०औं राष्ट्रिय खेलकुदको आयोजना मिति तोकिएको थियो । तोकिएको समयमा भौतिक पूर्वाधारहरू निर्माण गर्न नसक्दा सरकारले चैत २३ गतेदेखि गर्ने घोषणा छ ।

सम्बन्धित खबर