![](https://sajhamanch.com/wp-content/uploads/2025/02/WHO_arjentina__ssQwBWkbhF.jpg)
अर्जेन्टिनाले पनि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) बाट बाहिरिने घोषणा गरेको छ । अर्जेन्टिनाको राष्ट्रपति कार्यालयका प्रवक्ता म्यानुएल एडोर्नीले निर्णयबारे जानकारी गराएको सीएनएनले जनाएको छ ।राष्ट्रपति जेभियर मिलेईले विदेश मन्त्री गेरार्डो वर्थेनलाई विश्व स्वास्थ्य सङ्गठनमा अर्जेन्टिनाको सहभागिता फिर्ता लिन निर्देशन दिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिन अघि डब्ल्यूएचओबाट अमेरिकालाई फिर्ता लिने घोषणा गर्दै कार्यकारी आदेशमा हस्ताक्षर गरे ।अमेरिकाको निर्णयपछि अर्जेन्टिनाले पनि यो घोषणा गरेको हो । अर्जेन्टिनाको राष्ट्रपति कार्यालयले डब्ल्यूएचओलाई कोभिड–१९ महामारीको समयमा लकडाउन गरी आफूहरुलाई आर्थिक क्षति पुर्याएको आरोपसमेत लगाएको छ ।
प्रवक्ता एडोर्नीले अर्जेन्टिनाले स्वास्थ्य व्यवस्थापनका लागि डब्ल्यूएचओबाट वित्तीय सहयोग प्राप्त नगरेको बताए ।एजेन्सी