![](https://sajhamanch.com/wp-content/uploads/2025/02/meting.jpg)
काठमाडौं । प्रतिनिधि सभा र राष्ट्रिय सभामा आज अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस नहुने भएको छ।
सरकारले गत माघ १८ गते प्रतिनिधि सभा र राष्ट्रिय सभामा ६ वटा अध्यादेश पेस गरेको थियो।
ती अध्यादेश अस्वीकृत गर्न प्रतिनिधि सभामा प्रतिपक्षी दलका सांसदहरूले ५० र राष्ट्रिय सभामा १६ वटा अस्वीकृत प्रस्ताव दर्ता गरेका थिए।
संसद बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको थियो। तर अहिलेसम्म सुरू भएको छैन।
कानुन मन्त्री अजय चौरसियाले सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललाई भेटेर अध्यादेश निर्णयार्थ पेस गर्ने कार्यसूची बिहीबारका लागि नराख्न आग्रह गरेका छन्।
उनले अर्को दिन अध्यादेश निर्णयार्थ पेस गर्ने कार्यसूची राख्न आग्रह गरेका थिए।
राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिमा पनि कानुन मन्त्रीले अध्यादेश स्वीकृतिका लागि बिहीबार निर्णयार्थ पेस गर्ने कार्यसूची नराख्न आग्रह गरेका थिए।
सत्तारूढ नेकपा (एमाले) की सचेतक भगवती न्यौपानेले बिहीबार अध्यादेश निर्णयार्थ पेस नहुने जानकारी दिइन्।