२०८१ माघ २४, बिहिवार , ११:४०:४३ बजे

Sajhamanch
'

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे उपेन्द्र यादव

बिहिवार, माघ २४, २०८१

काठमाडौं । अध्यादेशबारे निर्णय लिनु अगाडि जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

जसपा नेपालको संसदीय दलको बैठक बिहान ११ बजे बस्ने तय भएको छ । पार्टीको संसदीय दलको बैठकबाट अध्यादेशबारे निर्णय लिने तयारी जसपा नेपालको छ । निर्णय लिनु अगाडि अध्यक्ष यादव प्रधानमन्त्री ओलीलाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री ओलीलाई भेट्नु अगाडि अधयक्ष यादवले कांग्रेसका नेताहरूसँग संवाद गरेका छन् । कांग्रेस नेताहरूसँग अध्यक्ष यादवले नयाँ बानेश्वरस्थित संसद् भवनमा भेटेका हुन् ।

बिहान भएको भेटमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र उपाध्यक्ष राजकिशोर यादव थिए । कांग्रेसबाट सभापति देउवा, महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा, गृहमन्त्री रमेश लेखक उपस्थित थिए ।

सम्बन्धित खबर