झापा । लागूऔषध ब्राउन सुगरसहित मोरङ शनिश्चरेका एक दम्पती पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मोरङ शनिश्चरे नगरपालिका-६ बस्ने ३० वर्षीय ईश्वर भुजेल र उनकी श्रीमती ३८ वर्षीया शान्ति आङ्देम्बे ९भुजेल० रहेका छन् ।
हिजो साँझ ५ः४० बजे मेचीनगर नगरपालिका-६ मेची पुलमा भारतबाट नेपालतर्फ सिटी सफारीमा आउँदै गरेका भुजेल दम्पतीलाई शङ्का लागेर चेकजाँच गर्दा उनीहरूको साथबाट प्लास्टिकसहित २ ग्राम ६९० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।
दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।