२०८१ माघ २३, बुधवार , १२:२५:४१ बजे

Sajhamanch
'

सुनको भाउ तोलामा २२०० रुपैयाँले बढ्यो

बुधवार, माघ २३, २०८१

काठमाडौं । बुधबार सुनको भाउ तोलामा २२०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ६६ हजार ९०० रुपैयाँ मूल्य निर्धारण गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६४ हजार ७०० रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस साढे २८ सय डलर नाघेको छ । चाँदीको भाउ तोलामा ४५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९३० रुपैयाँ रहेको चाँदी यस दिन १९७५ रुपैयाँ पुगेको छ ।

बुधवार, माघ २३, २०८१ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर