२०८१ माघ २०, आइतवार , ०२:२२:४६ बजे

Sajhamanch
'

नेदरल्यान्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य

आइतवार, माघ २०, २०८१

काठमाडौं । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेदरल्यान्ड्सले नेपाललाई १४१ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनायो । नेदरल्यान्ड्सकी कप्तान बबेते डी लीडेले ४१ रन बनाइन् । नेपालकी सीता राना मगरले ५ विकेट लिइन् ।

शृङ्खलामा नेपालको यो तेस्रो खेल हो । नेपाल उद्घाटन खेलमा नेदरल्यान्ड्ससँग ४ विकेटले र हिजो थाइल्यान्डसँग २० रनले पराजित भएको थियो । प्रतियोगितामा भोलि नेदरल्यान्ड्स र थाइल्यान्डबीच खेल हुनेछ ।

लिग चरणमा शीर्ष रहने टोलीले उपाधि जित्नेछ ।