काठमाडौं । सुनको भाउ आज यथावत् रहेको छ । अस्ति शुक्रवार एकैदिन तोलामा २३०० रुपैयाँले बढेको सुनको भाउ आज आइतवार घटबढ भएन ।
आज अस्ति शुक्रवारकै भाउ तोलाको एक लाख ६२ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार सुनको भाउ तोलाको एक लाख ६० हजार ५०० रुपैयाँ रहेको थियो ।
यस्तै आज चाँदीको भाउ घटेको छ । शुक्रवार तोलामा ३० रुपैयाँले बढेर एक हजार ९१५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा पाँच रुपैयाँ घटेको महासङ्घले जनाएको छ । आज चाँदीको भाउ तोलाको एक हजार ९१० रुपैयाँ रहेको छ ।