झापा । निराशाजनक व्यापार रहेको बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको अवधि दुई दिन थपिएको छ ।
बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा माघ ८ गतेदेखि १९ गतेसम्मका लागि महोत्सव संचालन गरिएको थियो । सो म्याद सकिएर दुई दिन म्याद थपिएको संघका राजु गौतमले जानकारी दिए ।
विगतदेखि महोत्सव संचालन गर्दै आएको बिर्तामोड उद्योग वाणिज्य संघ यस पटक भने घाटामा गएको छ । महोत्सवमा खासै जनसहभागिता नहुँदा मेला सन्तोषजनक देखिएको छैन । महोत्सवका १७० वटा स्टलमध्ये आधा जति खाली रहेका छन् ।