२०८१ माघ १९, शनिवार , ०७:४७:१५ बजे

Sajhamanch
'

इस्ट होराइजन अलुम्नाई सोसाइटी गठन

शनिवार, माघ १९, २०८१

मेचीनगर । झापाको धुलाबारीमा रहेको इस्ट होराइजन अंग्रेजी माविका पूर्व विद्यार्थीहरुको संस्था इस्ट होराइजन अलुम्नाई सोसाइटी (इहास)को गठन गरिएको छ । जसको अध्यक्षमा भूमि पौडेल चयन भएका छन् ।

आज विद्यालयमा भएको पूर्वविद्यार्थीहरुको भेलाले पौडेलको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

सोसाइटीको वरिष्ठ उपाध्यक्षमा माधव आचार्य, उपाध्यक्षमा सुहाङमा नेम्वाङ, महासचिवमा हिमाल खरेल, सचिवमा श्रीजीत ढुंगाना, कोषाध्यक्षमा अनुज दाहाल र सह कोषाध्यक्षमा पुनित गोयल चयन भए ।

त्यस्तै, सदस्यहरुमा प्रशान्त नेपाल, एलिसा बुढाथोकी, विशाल कार्की, इम्मा ढुंगाना, सेजल सिटौला, श्रेया बानियाँ, दिपक बागदास र सोयल ठकुरी चयन भएका छन् ।

कार्यक्रममा पूर्वविद्यार्थी अस्मिता सुब्बा, पुनित गोयल, भूमि पौडेल, सुदर्शन रिजाल, सागर श्रेष्ठ, अनुज दाहाल, एलिसा बुढाथोकी, पुरु शिवाकोटी, महेश खड्का, दिपक बागदास लगायतले अलुम्नाईको सम्बन्धमा आफ्ना अनुभव साटेका थिए ।

विद्यालयका संस्थापक प्रिन्सिपल सञ्जीव राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रशासन प्रमुख सावित्री सापकोटा, कोअर्डिनेटर तुलसीराम घिमिरे, अतिरिक्त क्रियाकलाप प्रमुख नविन दाहाल लगायतले मन्तब्य व्यक्त गरेका थिए ।