२०८१ माघ १९, शनिवार , ०७:५५:३० बजे

Sajhamanch
'

बिर्तामोड १० का २० विपन्न परिवारमा आजबाट लायन्सको न्यानो माया

शनिवार, माघ १९, २०८१

बिर्तामोड । लायन्स क्लव अफ बिर्तामोड गोल्डेन ड्रिम्सले विपन्न तथा दलित समुदायका २० जनालाई न्यानो कपडा ब्ल्याङ्केट प्रदान गरेको छ ।

लायन्स क्लब अफ बिर्तामोड गोल्डेन ड्रिम्सका अध्यक्ष रेनुका महतोको अध्यक्षता तथा बिर्तामोड नगरपालिका वडा नं १० का वडाध्यक्ष दुर्योधन गुरूङको प्रमुख आतिथ्यमा न्यानो कपडा हस्तान्तरण गरिएको हो । सो कार्यक्रममा वडा नं १० का विभिन्न टोलमा बसोबास गर्ने लक्षित समुदायका २० जना स्थानीयलाई ब्ल्याङ्केट प्रदान गरिएको हो ।

सो अवसरमा लायन्स ३३२ ग्याट एरिया चिफ शैलेन्द्र कुरूङ्वाङ, लायन्स क्लवका प्रोटोकल चिफ सत्यनारायण साह, बिर्तामोड नगरपालिका वडा नं १० का वडा सदस्य दिपीका शिवा, आयोजक संस्थाका उपाध्यक्ष जस्मिन लिम्बू, कोषाध्यक्ष किशोर श्रेष्ठ, छट महिला मञ्चका वरिष्ठ उपाध्यक्ष संगीता साह, टोल विकास संस्थाका अध्यक्ष बासुदेव गुरूङ लगायतले ती विपन्न व्यक्तिहरुलाई सामग्री हस्तान्तरण गरेका थिए ।

सो अवसरमा ग्याट एिरया चिफ कुरूङ्वाङले लायन्सले गर्ने सेवामुलक कार्यका बारेमा जानकारी गराएको कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष महतोले स्वागत तथा ओैचित्य माथि प्रकाश पारेकी थिइन् ।

सम्बन्धित खबर