२०८१ माघ १९, शनिवार , ०७:३७:०४ बजे

Sajhamanch
'

शिवसताक्षी बन्यो अन्तरपालिका कर्मचारीस्तरीय फुटबल प्रतियोगिताको च्याम्पियन

शनिवार, माघ १९, २०८१

कमल । झापाको कमल गाउँपालिकामा आयोजित अन्तरपालिका कर्मचारीस्तरीय फुटबल प्रतियोगिताको उपाधि शिवसताक्षी नगरपालिकाले उचालेको छ ।

आज सम्पन्न फाइनल खेलमा आयोजक कमल गाउँपालिकालाई ३–० गोल अन्तरले हराउँदै शिवसताक्षीले उपाधि उचालेको हो ।

शिवसताक्षीका तर्फबाट सचिन श्रेष्ठ, उमेश दनुवारले १–१ गोल लगाएका थिए भने, कमलले एउटा आत्मघाती गोल गरेको थियो ।

खेलको म्यान अफ द म्याच शिवसताक्षीका उमेश दनुवार घोषित भए । त्यस्तै सर्वोकृष्ट डिफेन्टर कमल गाउँपालिकाका विदुर लिम्बू, सर्वोकृष्ट मिडफिल्डर कमलका सुरज आङ्देम्बे, सर्वाधिक गोलकर्ता शिवसताक्षीका सचिन श्रेष्ठ, सर्वोकृष्ट खेलाडी शिवसताक्षीका श्रवण मल्लिक घोषित भएर पुरस्कृत भए ।

प्रतियोगिताको विजेता टिम शिवसताक्षीले १ लाख रुपैयाँ पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता कमल गाउँपालिकाले ५० हजार रुपैयाँ पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

विजेता तथा उपविजेता टिमलाई कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई, उपाध्यक्ष प्रमिला न्यौपाने र शिवसताक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाङ्फेले पुरस्कार रकम, ट्रफी तथा प्रमाण पत्र प्रदान गरेका थिए ।

विजेता बनेसँगै आगामी वर्षको अन्तरपालिका फुटबल प्रतियोगिता शिवसताक्षी नगरपालिकाले आयोजना गर्ने छ । प्रतियोगितामा झापाका १५ वटै पालिकाको सहभागिता रहेको थियो । कमल गाउँपालिकाको गुहेश्वरी आधारभूत विद्यालयको खेल मैदानमा प्रतियोगिता सञ्चालन भएको थियो ।