२०८१ माघ १७, बिहिवार , ०८:१०:३६ बजे

Sajhamanch
'

भारतको कुम्भ मेलामा भागदौड हुँदा ज्यान गुमाउनेको सङ्ख्या ३० पुग्यो

बिहिवार, माघ १७, २०८१

भारतको प्रयागराजमा भइरहेको कुम्भ मेलामा भागदौडका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ ।त्यहाँको प्रहरी प्रशासनले घटनामा ३० जनाको ज्यान गएको पुष्टि गर्दै अरु ६० जना घाइते भएका जानकारी दिएको हो ।यही जनवरी १३ देखि शुरू भएको महाकुम्भ मेलामा अहिलेसम्म १५ करोड जनाले गङ्गामा स्नान गरेको अनुमान छ ।हिजो माघ कृष्ण औँसीका अवसरमा अमृत स्नानका लागि १० करोडभन्दा धेरै श्रद्धालु कुम्भ मेलामा सहभागी हुने अनुमान गरिएको थियो । तर अस्ति राति नै प्रयागराजको सङ्गमस्थानमा एकाएक भागदौड मच्चिएपछि स्थानीय प्रशासनले अमृत स्नान रद्द गरेको थियो ।

त्यस्तै मेलामा गएका परिवारका सदस्य र आफन्त नभेटिँदा भागदौडबाट प्रभावित भक्तजनले कुम्भ मेलाको व्यवस्थापनमाथि प्रश्न उठाइरहेका छन् ।एजेन्सी

सम्बन्धित खबर