२०८१ माघ ७, सोमवार , ०१:५२:४० बजे

Sajhamanch
'

मन्त्रिपरिषद बैठक बस्दै

सोमवार, माघ ७, २०८१

काठमाडौं । आज (सोमबार) मन्त्रिपरिषद् बैठक बस्दै छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बस्ने भएको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, सरकारले संसद्को हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ । सम्भवतः आजैको बैठकबाट हिउँदे अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिनेछ ।

यही माघ १८ गतेभित्र हिउँदे अधिवेशन सुरु गर्ने योजनामा सरकार छ । सरकारले हिउँदे अधिवेशन बोलाउन ढिला गरिरहेका बेला यता विपक्षी दलहरुले विशेष अधिवेशन बोलाउन माग गरेका छन् । यस्तो अवस्थामा सरकारलाई संसदको हिउँदे अधिवेशन बोलाउन दबाव बढेको छ ।

सम्बन्धित खबर