२०८१ माघ ६, आइतवार , १२:१३:४७ बजे

Sajhamanch
'

सचिवालय बैठक बोलाउने एमालेको तयारी

आइतवार, माघ ६, २०८१

काठमाडौँ । सत्तारुढ दल नेकपा (एमाले)ले सचिवालय बैठक बोलाउने तयारी गरेको छ ।

पुस २१ देखि २३ मा सम्पन्न केन्द्रीय कमिटी बैठकपछि सचिवालय बैठक बोलाउन लागिएको नेताहरूले बताएका छन् । एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले सचिवालय बैठक बोलाउनेबारे छलफल भइरहेको बताए ।

‘बैठकको मिति र समय निश्चित भैसकेको छैन तर चाँडै सचिवालय बैठक बस्ने कुरा छ’, अधिकारीको भनाइ छ । केन्द्रीय कमिटी बैठकले माघदेखि चैतसम्म वडा र टोलसम्म सङ्गठन विस्तार गर्न तीन महिने जरा केन्द्रित अभियान चलाउने निर्णय गरेको थियो ।

केन्द्रीय कमिटी बैठकका निर्णय अन्तरपार्टी निर्देशनमार्फत सर्कुलर जारी गर्नुअघि सर्कुलरलाई अन्तिम रूप दिन एमालेले केन्द्रीय सचिवालय बैठक बोलाउन लागेको हो ।

सम्बन्धित खबर