२०८१ माघ २, बुधवार , ०७:५९:२७ बजे

Sajhamanch
'

प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि : पहिलो दिन गण्डकी र सुदूरपश्चिम तथा आर्मी र कर्णाली खेल्दै

मङ्गलवार, माघ १, २०८१

काठमाडौं । प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि शुरू हुँदैछ । धनगढीको फाप्ला क्रिकेट मैदानमा पहिलो दिन आज दुई वटा खेल हुँदैछन् । प्रतियोगिताको उद्घाटन खेलमा अहिले केहीबेरपछि सुदूरपश्चिम र गण्डकी प्रदेशबीच खेल हुँदैछ ।

त्यस्तै दिउँसो एक बजे हुने खेलमा विभागीय टोली आर्मी र कर्णाली प्रदेशले खेल्दैछन् । प्रतियोगितामा सात वटा प्रदेश तथा दुई विभागीय टोली एपीएफ र आर्मी सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै सशस्त्र प्रहरी बलको एपीएफ क्लब रहेका छन् । समूह ‘बी’ मा कोशी, बाग्मती र मधेश प्रदेशका साथै त्रिभुवन आर्मी क्लब रहेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्को कार्ययोजना, नेपाल क्रिकेट सङ्घको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा प्रतियोगिता गरिएको हो ।

प्रतियोगिता यही माघ १२ गतेसम्म चल्नेछ । प्रतियोगितामा पहिलो हुनेले पाँच लाख र दोस्रो हुने टोलीले तीन लाख रुपैयाँ पुरस्कार पाउने नेपाल क्रिकेट सङ्घका महिला विकास समितिका सदस्य तेजप्रकाश भट्टले जानकारी दिए।

सम्बन्धित खबर