२०८१ माघ १२, शनिवार , १०:२४:४० बजे

Sajhamanch
'

दुम्कीबासमा पुल भाँचियो, पूर्वपश्चिम राजमार्ग ठप्प

शुक्रवार, पौष २६, २०८१

बुटवल । पूर्व–पश्चिम राजमार्ग अन्तरगत पूर्वी नवलपरासीको दुम्किबासमा पूल भाँचिंदा सवारी आवागमन बन्द भएको छ ।

अत्यधिक भारसहितको भारतीय मालवाहक लरीका कारण दुम्कीबासको जीर्ण पुल भाँचिंदा पूर्व–पश्चिम राजमार्गमा यातायात नै अवरुद्ध भएको हो ।

विनयी खोलामा बनेको पूल शुक्रबार आज साँझ साढे ५ बजेतिर भाँचिएको हो । डाइभर्सन निर्माण नगरेसम्म यातायात ठप्प हुने प्रहरीले जनाएको छ । पूर्वी नवलपरासीमा रहेकामध्ये विनयी खोलामा बनेको यो सबैभन्दा लामो पूल हो ।

नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले प्रहरी र चाइना स्टेट कम्पनीलाई डाइभर्सन निकाल्न भनिएको र तत्काल बाटो खुल्ने अवस्था नरहेको बताए ।

भारतीय हेबी ट्रक एन एल ०१ ए एच ५१७९ नम्बरको ट्रक पूलबाट पास हुने क्रममा पूल एक्कासी भाँचिएको हो । उक्त ट्रक भाँचिएको पूलमा नै अलपत्र रहेको अनलाइनखबरमा समाचार छ ।

सम्बन्धित खबर