२०८१ पौष २६, शुक्रवार , ०८:०३:२९ बजे

Sajhamanch
'

बेलायत पठाइदिने भन्दै एक जनाबाट साढे ३१ लाख रुपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ

शुक्रवार, पौष २६, २०८१

काठमाडौं । आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि बेलायत लैजाने भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दोलखाको बैतेश्वर गाउँपालिका–३ घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने २४ वर्षीय रामकृष्ण दाहाल रहेका छन् ।

दाहालले बेलायत पठाइदिने भन्दै एक जनाबाट ३१ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनलाई कागेश्वरी मनोहरा–८ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका प्रहरी उपरीक्षक अंगुर जिसीले बताए।

सम्बन्धित खबर