२०८१ पौष २६, शुक्रवार , ११:१५:०० बजे

Sajhamanch
'

धरौटी रकम बुझाएर अदालतबाट निस्किए रवि

बिहिवार, पौष २५, २०८१

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कास्की जिल्ला अदालतमा धरौटी बुझाएर निस्किएका छन् ।

न्यायाधीश नीतिज राईको एकल इजलासले रविसहित सूर्यदर्शन सहकारी प्रकरणका प्रतिवादीलाई बिहीबार धरौटीमा छाड्न आदेश दिएको थियो ।

सो आदेशलगत्तै लामिछानेले बैंक ग्यारेन्टीमार्फत् ६५ लाख धरौटी बुझाएर अदालतबाट निस्किएका हुन् ।

प्रहरीका अनुसार उनलाई आजै मेडिकल जाँच गराएर छाड्ने तयारी छ ।

रविले भोलि काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने प्रहरीलाई बताएका छन् । सोही अनुसार उनलाई रिहा गर्न लागिएको प्रहरी अधिकारीले बताए ।

सम्बन्धित खबर