२०८१ माघ ११, शुक्रवार , ०४:०७:३९ बजे

Sajhamanch
'

बिर्तामोड रेडक्रसको नेतृत्व सर्वसम्मत

बुधवार, पौष २४, २०८१

बिर्तामोड । नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ ।

आगामी चारवर्षे कार्यकालका लागि अध्यक्षमा मनोज अग्रवालसहित सिङ्गो कार्यसमिति सर्वसम्मत भएको निर्वाचन अधिकृत चन्द्रप्रसाद चुडालले जानकारी दिए ।

समितिको उपसभापतिमा शिला भट्टराई बराल, सचिवमा निरजकुमार ओली, कोषाध्यक्षमा याम कार्की, उपसचिवमा रंगलाल न्यौपाने, उपकोषाध्यक्षमा गोवेन धिमाल चयन भएका छन् ।

सदस्यहरुमा रेजिना गौतम, राजेन्द्र चौंलागाईं, मिजास पोखरेल, ऋषभ बस्नेत र मनोजकुमार साहा निर्वाचित भएको जनाइएको छ ।

उपशाखाको नयाँ नेतृत्वका लागि निर्वाचन समितिले तय गरेको निर्वाचन तालिका अनुसार सबै पदमा एक–एक जनाको मात्रै उम्मेद्वारी परेसँगै सिङ्गो कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

बिर्तामोडको पञ्चकन्यामा आफ्नै भवन रहेको रेडक्रस उपशाखामा नियमित रक्त सञ्चार केन्द्रसमेत सञ्चालन हुँदै आएको छ ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भद्रपुर मातहतका अधिकांश उपशाखाको नयाँ नेतृत्व चयनको प्रक्रिया चलिरहेको छ । यसअघि हल्दिबारी, खुदुनाबारी, गौरादह, जलथल, शिवसताक्षी लगायतका उपशाखामा नेतृत्व चयन भइसकेको छ ।