२०८१ पौष २४, बुधवार , ०९:४२:०६ बजे

Sajhamanch
'

काफ्ले समाज बन्धु संगठन बिस्तारमा, झापाको भद्रपुर र दमक तथा मोरङ जिल्ला र पथरी शनिश्चरे नगर समितिहरु गठन

आइतवार, पौष २१, २०८१

झापा । बन्धुहित लगायत सामाजिक सेवा कार्यमा समर्पित रहने उद्देश्यका साथ स्थापित काफ्ले समाजले बन्धु संगठन बिस्तारलाई निरन्तरता दिएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयमा २०५९ सालमा दर्ता भई देशभर छरिएर बसेका बन्धुहरुलाई एकतृत गर्दै आएको काफ्ले समाजले प्रदेश, जिल्ला तथा गाउँ नगर कार्यसमितिहरु बनाइरहेको हो ।

सोहीक्रममा काफ्ले समाज झापाको सक्रियतामा शनिबार भद्रपुर नगर समिति गठन भएको छ । भद्रपुर १० काफ्ले टोलस्थित विष्णु पाञ्चायन मन्दिर परिसरमा आयोजित भद्रपुर नगरस्तरीय भेलाले कृष्णप्रसाद काफ्लेको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

सर्वसम्मत गठित समितिको उपाध्यक्षमा लीला कार्की काफ्ले, सचिवमा थिरराज काफ्ले, सहसचिव जगदीश काफ्ले, कोषाध्यक्ष सरोज काफ्ले चयन भएका छन् ।

समाजको नगर कार्यसमिति सदस्यहरुमा मीनबहादुर काफ्ले, गंगा बराल काफ्ले, अर्जुन काफ्ले, कृष्णप्रसाद काफ्ले र रोमनाथ काफ्ले चयन भएका जिल्ला कार्यसमितिका सहसचिव रोहित काफ्लेले जानकारी दिएका छन् ।

काफ्ले समाज झापा जिल्ला कार्यसमितिका सदस्य तथा भेला आयोजक समितिका संयोजक हेमराज काफ्लेको अध्यक्षतामा काफ्ले बन्धुका बयोबृद्ध १०२ वर्षीय मानबहादुर काफ्लेको प्रमुख आातिथ्मा भेला सम्पन्न गरिएको हो ।

भेलामा नगर कार्यसमिति गठनको औचित्य माथि प्रकाश पार्दै काफ्ले समाज झापाका अध्यक्ष गोपाल काफ्लेले जिल्ला समितिले काफ्ले बन्धुहरूको सहज पहिचानका लागि काफ्ले जनगणना सुरू गरेको र सोहीअनुसार भद्रपुरमा जनगणनालाई तीव्रता दिन आग्रह गरे ।

काफ्ले समाज झापाका पूर्व कार्यसमिति सदस्य विष्णुप्रसाद काफ्लेले शाब्दिक स्वागत गरेको सो कार्यक्रमको सञ्चालन काफ्ले समाज झापाका सहसचिव रोहित काफ्लेले गरेका थिए ।

यसैगरी यही पुष १५ गते दमक क्याम्पसमा भएको नगरस्तरीय भेलाले ओमप्रकाश काफ्लेको अध्यक्षतामा ११ सदस्यीय दमक नगर कार्यसमिति गठन गरिएको थियो ।

काफ्ले समाज झापा जिल्ला कार्यसमिति सदस्य एवम् भेला आयोजक समितिका संयोजक बासुदेव काफ्लेको अध्यक्षतामा आयोजित सो भेलाले उपाध्यक्षमा बन्दना भट्टराई काफ्ले, सचिवमा दुर्गाप्रसाद काफ्ले, सहसचिवमा सुवास काफ्ले र कोषाध्यक्षमा सिता काफ्लेलाई जिम्मेवारी दिएको छ ।

यस्तै सदस्यहरुमा गोकुल काफ्ले, गंगाप्रसाद काफ्ले, बसन्त काफ्ले, नन्दराज काफ्ले, चन्द्रप्रसाद काफ्ले र टेकनाथ काफ्ले सर्वसम्मत चयन गरेको छ ।

समाजका केन्द्रीय सदस्य तोयानाथ काफ्लेको प्रमुख आतिथ्य तथा काफ्ले बन्धु कल्याण समितिका महासचिव शिवप्रसाद काफ्लेको विशिष्ट आतिथ्यमा आयोजित कार्यक्रममा काफ्ले थरसँग जोडिएका बन्धु संगठनहरु क्रमशः एकीककरण गर्दै लगिने धारणा ब्यक्त भएका थिए ।

काफ्ले समाज कोशी प्रदेशका उपाध्यक्ष दुर्गादेवी खजाल काफ्लेले सञ्चालन गरेको सो बन्धु भेलालाई सहजीकरण गर्दै झापा अध्यक्ष गोपाल काफ्लेले बन्धहरुको गाउँ नगर कार्यसमिति गठनको आवश्यकता एवम् काफ्ले जनगणना तथा घरधुरी सर्भेक्षण सम्बन्धी सहजीकरण गरेका थिए ।

काफ्ले समाजको संगठन बिस्तारका क्रममा पुष १७ गते मोरङको पथरीमा सम्पन्न जिल्लास्तरीय भेलाले कानेपोखरी गाउँपालिकाका निवर्तमान अध्यक्ष ताराबहादुर काफ्लेको अध्यक्षतामा ११ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरिएको छ ।

काफ्ले समाज कोशी प्रदेश कार्यसमितिका अध्यक्ष चन्द्रमणि काफ्लेको अध्यक्षता तथा केन्द्रीय कार्यसमितिका सदस्य तोयानाथ काफ्लेको प्रमुख आतिथ्यमा भएको सो भेलाबाट उपाध्यक्षमा उर्लाबारीका डिल्लीप्रसाद काफ्ले, सचिवमा पथरीशनिश्चरेका अर्जुन काफ्लेलाई जिम्मेवारी दिइएको छ ।

यसैगरी मोरङ जिल्ला तदर्थ कार्यसमितिको सहसचिवमा सुन्दर हरैंचाका छत्र काफ्ले र कोषाध्यक्षमा रतुवामाईका इन्द्रप्रसाद काफ्ले छानिएका छन् ।

सदस्यहरुमा पथरी शनिश्चरेका राजु काफ्ले, पथरी शनिश्चरेका पोषराज काफ्ले, बिराटनगरका लीला काफ्ले, ग्रामथानका राजकुमार काफ्ले, लेटाङका वेदप्रसाद काफ्ले र रंगेलीका झमक काफ्लेलाई सदस्यको जिम्मेवारी तोकिएको छ ।

सोही भेलाका बीचमा पथरी शनिश्चरेमा बसोबास रहेका काफ्ले बन्धुहरुले गोपाल काफ्ले संयोजक र बास् काफ्ले सहसंयोजक रहेको ९ सदस्यीय नगर तदर्थ कार्यसमिति चयन गरिएको कोशी प्रदेश कार्यसमितिका महासचिव शिवहरि काफ्लेले साझामञ्चलाई जानकारी दिए ।

सम्बन्धित खबर