२०८१ पौष २४, बुधवार , ०५:१८:३२ बजे

Sajhamanch
'

गोरखा र सङ्खुवासभामा आगलागी हुँदा चार वटा घर जले

आइतवार, पौष २१, २०८१

काठमाण्डौ । गोरखा र सङ्खुवासभामा भएको आगलागीबाट चार वटा घर जलेका छन् । गोरखाको आरुघाट गाउँपालिका–१ स्याम्चेतमा हिजो भएको आगलागीमा तीन वटा घर जलेका हुन् ।स्थानीय पूर्णबहादुर लामाको घरमा खाना पकाउन बालेको आगो मकैको खोस्टामा सल्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए । आगलागीबाट पूर्णबहादुरसहित उनका छोरा बुद्धिमान लामा र आइतसिंह लामाको घर जलेर नष्ट भएको छ । आगोले तीन वटाघरसहित लत्ताकपडा, अन्नपात र भाँडाकुँडा जलेका छन् ।

यस्तै सङ्खुवासभाको पाँचखपन नगरपालिका–७ वाबुङमा एउटा घर जलेको छ । स्थानियबासिन्दा मानधोज राईको घरमा हिजो भएको आगलागीले ढुङगा माटोले बनेको घर, घरदेखि नजिकै रहेको गोठ जलेको छ । घरमा कोही नभएको बेला आगो लागेको हो । झन्डै तीन लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । घर र गोठ जलेका राईको परिवार आफन्तकोमा बसेका छन् ।हिउँद लागेसँगै आगलागी र वनजङ्गलमा डढेलोको जोखिम उच्च हुन्छ । आगलागी र डढेलो लाग्नै नदिन वा लागिहालेमा हुने क्षति घटाउन सावधानी, चेतनासँगै पूर्वतयारी आवश्यक पर्ने विपद् विज्ञले बताउँदै आएका छन् ।

सम्बन्धित खबर