२०८१ पौष २२, सोमवार , ०७:३४:३२ बजे

Sajhamanch
'

अस्ट्रेलियासँगको पाँचौं टेस्टमा भारत पहिलो पारीमा १८५ रनमा अलआउट

शुक्रवार, पौष १९, २०८१

काठमाडौं । ‘बोर्डर–गाभस्कर ट्रफी’ अन्तर्गत अस्ट्रेलियासँगको पाँचौं तथा अन्तिम टेस्ट क्रिकेटको पहिलो पारीमा भारत १८५ रनमा अलआउट भएको छ ।

सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिलो पारीको ब्याटिङ गरेको भारत पहिलो दिनको चिया समयपछि १८५ रनमा अलआउट भएको हो ।

भारतका ऋषभ पन्तले ४०, रविन्द्र जडेजाले २६, जसप्रीत बुमराहले २२, शुभमन गिलले २० रन बनाए । अस्ट्रेलियाका स्कट बोल्यान्डले ४, मिचेल स्टार्कले ३ विकेट लिए ।

यो खेल भारतका लागि निकै महत्त्वपूर्ण छ । शृङ्खलामा घरेलु टोली अस्ट्रेलिया २–१ ले अघि छ । शृङ्खला बराबरी गर्नका लागि भारतले यो खेल जित्नुपर्नेछ । यो खेलमा भारतको कप्तानी जसप्रीत बुमराहले गरिरहेका छन् ।

सम्बन्धित खबर