२०८१ पौष २३, मङ्गलवार , ०७:०२:५६ बजे

Sajhamanch
'

भ्रष्टाचार छानबिन गर्न पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा समिति बनाउनुपर्छ : अर्जुननरसिंह केसी

शुक्रवार, पौष १९, २०८१

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले भ्रष्टाचारको छानबिनका लागि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा समिति गठन गर्नुपर्ने बताएका छन्।

उनले विभिन्न भ्रष्टाचार काण्डहरूको छानबिन गर्न निष्पक्ष ढंगबाट न्याय दिनसक्ने पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा समिति गठन गरिनुपर्ने सिंहले बताए।

‘भ्रष्टाचारको छानबिन गर्न नेपाली जनताले चिनेको, निष्पक्ष ढंगबाट न्याय दिनसक्ने पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा तीनदेखि ५ जनाको सर्वोच्च शक्ति सम्पन्न समिति गठन गरौ,’ शुक्रबार काठमाडौंमा भएको पत्रकार महासंघको कार्यक्रममा बोल्दै केसीले भने।

उनले देश अत्यन्त चुनौतिपूर्ण परिस्थितिमा रहेको तथा आम जनतामा निराशा, अविश्वास र आशंकाको स्थिति रहेको पनि बताए। दण्ड विहीनता, विधि विहीनता र सुशासनको नाममा निरन्तर ओठे भक्ति प्रदर्शनको कुनै अर्थ नहुने उनको भनाइ छ।

‘जबसम्म भ्रष्टाचार मुक्त समाज हुन सक्दैन, त्यति बेलासम्म सुशासन कायम हुँदैन। सुशासनको सट्टा अहिले दुःशासनको परिदृश्य निर्माण भएको अवस्था छ। एउटा कुरा मैले पूर्वप्रधानमन्त्री र अहिलेको प्रमुख प्रतिपक्ष दलको नेता हुँदाहुँदै के भन्न खोजिरहेको छु भने हामीले धेरै ब्लेन गेम गर्‍यौं। एउटाले अर्कोलाई दोष लगाउने, सत्ता बाहिर गयो, सबैभन्दा बढी पवित्र हुने, सत्तामा हुँदा जो भएपनि बिर्सिने खालको परिस्थिति छ, त्यसलाई एउटा निश्चित मापदण्ड बनाऔँ,’ उनले भने।