२०८१ पौष २०, शनिवार , ०४:३४:३३ बजे

Sajhamanch
'

विश्वभर शरणार्थीको सङ्ख्या १२ करोड २० लाख नाघ्यो

मङ्गलवार, पौष १६, २०८१

संयुक्त राष्ट्र सङ्घीय उच्चायुक्त (यूएनएचसीआर)का अनुसार सन् २०२४ मा विश्वभर शरणार्थीको सङ्ख्या १२ करोड २० लाख नाघेको छ ।यूएनएचसीआरको जर्मन साझेदारको वार्षिक प्रतिवेदनले विश्वव्यापी शरणार्थी जनसङ्ख्या ११ करोड ७४ लाख भएको अनुमान गरे पनि सङ्ख्यामा वृद्धि भएको पाइएको हो । मुख्यतया सुडानमा गृहयुद्धको कारण शरणार्थीको सङ्ख्या बढेको प्रतिवेदनमा उल्लेख छ ।

सन् २०२३ अप्रिलमा हिंसा बढेपछि एक करोड १८ लाख भन्दा धेरै मानिस सुडानबाट भाग्न बाध्य भएका छन् । प्रजातान्त्रिक गणतन्त्र कङ्गो तथा म्यानमारको अवस्थाले पनि शरणार्थी सङ्ख्या वृद्धिमा योगदान पुर्‍याएको छ ।

यस्तै गाजा र लेबनानमा द्वन्द्वको परिणामस्वरूप १७ लाख भन्दा बढी मानिसहरू जबरजस्ती रुपमा विस्थापित भएका छन् ।जर्मनीमा यूएनएचसीआरका राष्ट्रिय निर्देशक पिटर रुहेनस्ट्रोथ–बाउरले शरणार्थीको तथ्याङ्कहरूलाई चिन्ताजनक रूपमा व्याख्या गर्नुभएको समाचार संस्था एएफपीले जनाएको छ ।एजेन्सी

सम्बन्धित खबर