२०८१ माघ १९, शनिवार , ०१:४६:४९ बजे

Sajhamanch
'

शिवसताक्षीका ५ वटा वडामा सम्पन्न भयो स्वास्थ्य शिविर

शनिवार, पौष १३, २०८१

शिवसताक्षी । झापाको शिवसताक्षीमा अपाङ्गता भएका व्यक्तिहरुको पहिचान र परिचय पत्र वितरणको काम नगरका ५ वटा वडाको सम्पन्न भएको छ ।

पौष ७ गतेबाट सुरु भएको परिचय पत्र वितरण शिविर वडा नं. १ देखि ५ वडा सम्ममा ६६२ जना अपाङ्गता भएका व्यक्तिहरुले पहिचासहित स्वास्थ्य परीक्षण गर्दै अघि बढेको हो ।

जसमा १७५ जनालाई नयाँ कार्ड वितरण गरिएको छ । उनीहरुमध्ये ६ जनालाई रातो, ५२ जनालाई निलो, ७६ जनालाई पहेंलो र ४३ जनाई सेतो कार्ड वितरण गरिएको शिवसताक्षी नगरपालिकाका सहकारी शाखा प्रमुख तथा परिचय पत्र वितरणका संयोजक बद्री दाहालले जानकारी दिए ।

अपाङ्गता परिचय पत्र वितरणमा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयबाट अनुगमन गरिएको नगर उपप्रमुख नरमाया कार्कीले जानकारी दिइन् ।

परिचय पत्र वितरणमा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव दुर्गा बरालको टोलीले अनुगमन गरेको हो । कार्यक्रममा नगरपालिकाका उल्लेख्य संख्यामा अपाङ्गता भएको व्यक्तिहरुको सहभागिता रहेको उपप्रमुख कार्कीले जानकरी दिइन् ।

जन्मजात तथा जन्म पश्चात हुने अपाङ्गगताका रोकथाम तथा न्युनीकरणका लागि गएको आषाढ १२ गते कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, शिवसताक्षी नगरपालिकामा र करुणा फाउण्डेसन बीच त्रिपक्षीय सम्झौता भएको थियो ।

शिविरमा आँखा, कान, मनोविद, फिजियोथेरापी, मेडिकल पर्सन लगायतका ६ जना डाक्टरहरुको टोलीले सेवा दिएको करुणा फाउण्डेसनका सुरेन्द्र गिरीले जानकारी दिए । शिविरमा शिवसताक्षी नगरपालिकाका कर्मचारी, स्वास्थ्यकर्मीहरु समेत खटिएका छन् । परिचय पत्र वितरण शिविर पौष १७ गतेसम्म सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।

त्रिपक्षीय सम्झौता अनुसार अपाङ्गगता भएका व्यक्तिहरुको पहिचान र न्युनीकरण सम्बन्धी कार्यक्रमहरु २०८४ असार मसान्तसम्म चल्ने शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

सम्बन्धित खबर