२०८१ पौष १२, शुक्रवार , ०४:५५:४४ बजे

Sajhamanch
'

राष्ट्रिय सभाले बिजनेस पाउन सकेन : अध्यक्ष दाहाल

बिहिवार, पौष ११, २०८१

चितवन । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाले बिजनेस पाउन नसकेको बताएका छन्।

यहाँ आज स्थानीय तहका जनप्रतिनिधि र जिल्लाका विभिन्न कार्यालय प्रमुखहरूसँगको अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष दाहालले सरकारले सदनलाई बिजनेस दिनुपर्नेमा जोड दिए।

उनले भने, ‘कानुन निर्माणको काम पनि जनचाहनाअनुसार हुन सकेको छैन। बल्लबल्ल बनेका कानुनसमेत थन्किएर बसेका छन्।’ आवश्यक ऐन बनाउन नसकिएको अध्यक्ष दाहालले स्वीकार गरे।

फरक प्रसंगमा उनले स्थानीय तहसँगको समन्वय सम्पर्क र संवादको सबै तहमा कमी भएको अनुभूति भएको बताए। सातै प्रदेशका प्रदेश सभा सदस्य र पालिकासँगको छलफलबाट मात्रै वर्तमान समयमा तीनै तहका सरकारबीच देखिएका समस्या समाधान गर्न सकिने अध्यक्ष दाहालको भनाइ थियो।

सम्बन्धित खबर