२०८१ पौष १२, शुक्रवार , ०३:३५:४७ बजे

Sajhamanch
'

विपद् जोखिम न्यूनीकरण सम्बन्धी संरचना बलियो बनाउनुपर्छ : गृहमन्त्री लेखक

बिहिवार, पौष ११, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरणका लागि निर्माण भइसकेका संरचनालाई बलियो बनाउन जरुरी रहेको बताएका छन् ।

आज काठमाडौँमा आयोजित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संस्थागत क्षमता तथा कार्य जिम्मेवारीलाई प्रभावकारी बनाउने उपायहरूबारेको छलफल कार्यक्रममा बोल्दै उनले सङ्घदेखि स्थानीय तहसम्मका विपद् जोखिम न्यूनीकरण सम्बन्धी संरचनालाई बलियो बनाउन जरुरी रहेको बताए ।

उनले जोखिमको पहिचान गरेर आवश्यक संरचना निर्माण गर्न जरुरी रहेको बताए । नेपाल विपद् जोखिमको पनि उच्च जोखिममा रहेको उल्लेख गर्दै उनले सबै मिलेर विपद् जोखिम न्यूनीकरणका लागि पहल गर्न आवश्यक रहेको बताए । भूगोलको जोखिम, प्राकृतिक जोखिम र मानव सिर्जित जोखिमहरूलाई कम गर्नेगरी अघि बढ्न जरुरी रहेको उनले बताए ।

गृहमन्त्री लेखकले समुदाय र वडामा रहेका विपद् जोखिम न्यूनीकरण सम्बन्धी संरचनालाई बलियो बनाउन जरुरी रहेको बताए । उनले समुदायलाई बलियो नबनाएसम्म विपद् जोखिम न्यूनीकरण गर्न नसकिने बताए । समयमै पूर्वसूचना प्राप्त भए जोखिम न्यूनीकरणका लागि सहयोगी हुने बताए ।

सम्बन्धित खबर